२०८१ फागुन १६, शुक्रवार , ०९:०५:०७ बजे

Sajhamanch
'

विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

शुक्रवार, कार्तिक १७, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर