
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। लखनउस्थित एकना स्पोर्ट्स सिटीमा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
जारी लिगमा ६ खेल खेलेको अफगानिस्तान अङ्क तालिकाको छैटौं स्थानमा छ भने समान ६ खेल खेलेको नेदरल्यान्ड्स अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।
जारी लिगमा अफगानिस्तानले राम्रो प्रदर्शन गर्दै आएको छ भने नेदरल्यान्ड्स खराब प्रदर्शनका लागि लिगबाट बाहिरिने खतरा बढेको छ।