२०८१ असोज ३, बिहिवार , १०:४७:३४ बजे

Sajhamanch
'

जब बाँदरले ३ वर्षकी बालिकालाई लगेर भीरमा फ्याँकिदियो

शुक्रवार, कार्तिक १७, २०८०

बाँदरका कारण कहिलेकाही निकै समस्या झेल्नुपर्छ । बाँदरले केवल अन्नपात चोरी मात्र गर्दैन कहिलेकाही बच्चाबच्चीलाई पिटपाट गर्ने र घाइते बनाउने पनि गर्दछ ।चीनमा हालै एउटा यस्तो घटना भएको छ जसले सबैलाई तर्साउँछ । चीनको दक्षिण पश्चिमी प्रान्त गुइझोउ प्रान्तमा सो घटना भएको हो । समाचार अनुसार त्यहाँ एक ३ वर्षीया बालिकालाई उनका बाबुआमाकै अगाडिबाट बाँदरले उठाएर लग्यो ।ती बालिकालाई रुखको छायामा राखेर उनका बुवाआमाले खेतमा काम गरिरहेको बेला त्यहाँ आएको एक बाँदरले उनलाई टिपेर लगेको थियो । तर, छोरीलाई बाँदरले लगेको उनका बुवाआमाले देखनन् । केहीबेरमै रुखको फेदमा हेर्दा छोरी नदेखेपछि उनीहरु अताल्लिए । आमाचाहिं रुन थालिन् । उनीहरुले आफैं छोरीलाई धेरै खोजे, तर भेट्न सकेनन् ।

डेलीस्टारको रिपोर्ट अनुसार हराएकी छोरीलाई खोज्नका लागि उक्त दम्पत्तिले पुलिस गुहार्नुपर्‍यो । प्रहरीले पहाडी क्षेत्रमा निकै खोजतलास गर्‍यो । निकै खोजी गरेपछि मात्र प्रहरीले ती बालिकालाई फेला पार्‍यो ।वास्तवमा छोरी खोज्दै नजिकैको गाउँमा पुगेका उनीहरुले त्यहाँ एउटा भिडियो देखे, जसमा एकजना बालिकालाई बाँदरले लैजाँदै गरेको देखिन्थ्यो । त्यसपछि मात्र उनलाई आफ्नी छोरीलाई बाँदरले लगेको थाहा भयो । त्यस ठाउँमा बाँदरको ठुलो बगाल आएको स्थानीय बासिन्दाले देखेका थिए ।

बाँदरले ती बालिकालाई लगेर भिरमा फ्याँकेको रहेछ । उनी चट्टानको छेउमै रहेको झाडीमा फेला परेकी थिइन् र सौभाग्यवस जीउमा कुनै चोटपटक लागेको थिएन । तर, उनी निकै डराएको अवस्थामा थिइन् ।एजेन्सी

सम्बन्धित खबर