२०८२ वैशाख १५, सोमवार , १०:१०:२४ बजे

Sajhamanch
'

टी-२० विश्वकपमा पुग्न ओमानले बहराइनसँग खेल्ने

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । टी–२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानले बहराइनलाई प्रतिद्वन्द्वी पाएको छ ।

समूह बी अन्तर्गतको खेलमा कुवेतसँग ४ विकेटले पराजित भए पनि बहराइन रनरेटका आधारमा अघि रहँदै सेमिफाइनलमा पुगेको हो ।

बहराइनकै बराबर २ अंक भए पनि हङकङ र कुवेत रनरेटमा पछि परेर सेमिफाइनलमा पुग्न सकेनन् । यो समूहमा ३ वटै खेल जितेर ६ अंक बटुलेको यूएई समूह बिजेता भयो ।

बहराइन र ओमानको खेल भोलि शुक्रबार दिउँसो ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । आज बिहीबार कीर्तिपुरमा भएको खेलमा नेपाललाई हराएको ओमान समूह एको विजेता हो ।

समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईसँग मुलपानीमा शुक्रबार ११ बजे नै खेल्ने छ ।

बिहिवार, कार्तिक १६, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर