२०८१ फागुन १६, शुक्रवार , ०९:४०:३९ बजे

Sajhamanch
'

ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।

नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । ओमानको टिममा भने दुई परिवर्तन गरिएको छ । मुहम्मद नदिम र अहमद पयज बटको स्थानमा मुहम्मद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।

बिहिवार, कार्तिक १६, २०८० | खेलकुद, मिडियाबाट साभार