
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्ड जारी लिगमा राम्रो प्रदर्शन गर्दै आएको छ भने टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले पनि लिगमा सानदार प्रर्दशन गरिरहेको छ।
समान ६/६ खेल खेलेको दुबै टोलीले समान ४/४ खेलमा जित हात पारेको छ। तर, रनरेटको आधारमा दक्षिण अफ्रिका अङ्क तालिकाको दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड तेस्रो स्थानमा रहेको छ। आजको खेलमा दुबै टोली जित हात पार्दै आफ्नो सेमिफाइनल यात्रालाई बलियो बनाउन चाहन्छ।