२०८१ फागुन १६, शुक्रवार , ०६:०१:५५ बजे

Sajhamanch
'

मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए ।

२५ बलमै ६ छक्का र एक चौकाको मद्दत अर्धशतक बनाएका हुन् । १६६ रनको चुनौती पछ्याएको नेपालले १३.५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ ।

टी-२० अन्तर्राष्ट्रियमा कुशल मल्लको यो तेस्रो अर्धशतक हो । उनले २०१९ मा जिम्बावेविरुद्ध नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

उनले टी-२० अन्तर्राष्ट्रिय सर्वाधिक रन १९ औं एसियाली खेलकुदमा १३७ रनको अविजित पारी खेलेका थिए ।

मङ्गलवार, कार्तिक १४, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर