२०८१ फागुन १६, शुक्रवार , ११:१८:३७ बजे

Sajhamanch
'

हङकङ बहराइनसँग पराजित

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले जित हात पारेको हो ।

बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो । उता कुवेतलाई पहिलो खेलमा हराएको हङकङको यो पहिलो हार हो । बहराइन र हङकङको दुई खेलबाट समान २र२ अंक छ ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक २८ रन बनाउँदा जिसान अलीले २१ र नसरुल्ला रानाले १६ रन बनाए ।

हङकङलाई अलआउट गर्न बहराइनका अब्दुल माजिदले ३.१ ओभरमा जम्मा ७ रन खर्चेर ३ विकेट लिए । यस्तै अली दाउद र रिजवान बटले २र२ तथा साथाइया भिरापथिरान र इमरान अनवरले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले विकेटकिपर इमरान अलीको अर्धशतक मद्दतमा १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । अलीले ४३ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा ६२ रन बनाए ।

इमरान अनवरले १५ , हैदर अलीले १४ र रिजवान बटले १३ रन जोडे ।

हङकङका लागि नसरुल्ला रानाले ३ तथा अइजाज खान, एहसान खान र यासिम मुर्तजाले २/२ विकेट लिए ।

मङ्गलवार, कार्तिक १४, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर