२०८१ फागुन १, बिहिवार , ०४:१६:३२ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

मङ्गलवार, कार्तिक १४, २०८०

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ गएका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी जाँदै छन् ।

लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायत व्यक्तिले स्वागत गरे । महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन् ।

मङ्गलवार, कार्तिक १४, २०८० | मिडियाबाट साभार, राजनीति

सम्बन्धित खबर