२०८२ असार २०, शुक्रवार , ०२:५८:१० बजे

Sajhamanch
'

मोरङमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

सोमवार, कार्तिक १३, २०८०

मोरङ । मोटोको ढिस्कोले पुरिएर आइतबार मोरङको बेलाबारीमा एक जना महिलाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–१० की २८ वर्षीय सुनीता राजवंशीको माटोको ढिस्कोले पुरिएर आइतबार साँझमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

बेलबारी–८ स्थित बलुवाइमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर सुनीतालाई माटोले परेपछि घाइते भएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

सुनीतासँगै माटो खन्न गएकी गीता राजवंशीले सुनीतालाई मोटोको ढिस्कोले पुरेको देखेपछि उद्दार गरिएको थियो। घाइते भएकी सुनीताको विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

सोमवार, कार्तिक १३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर