२०८२ असार २०, शुक्रवार , १०:२०:२६ बजे

Sajhamanch
'

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरार थुनुवा पक्राउ

सोमवार, कार्तिक १३, २०८०

दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका थुनुवा पक्राउ परेका छन् । उपचारका क्रममा फरार भएका अन्दाजी १८ वर्षका विवेक नेपाली पुनः पक्राउ परेका हुन् ।

क्षयरोगको आशंकामा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी सोमवार बिहान शौचालय जाने बहानामा झ्याल फोरेर भागेका थिए । लगत्तै उनलाई घोराही उपमहानगरपालिका–१८ को रझेनाबाट साढे ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए ।

उनी तीन दिनअघि मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए र जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए ।

सोमवार, कार्तिक १३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर