२०८२ असार २१, शनिवार , १२:३२:३६ बजे

Sajhamanch
'

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

सोमवार, कार्तिक १३, २०८०

दाङ । चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्। फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो।

स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ।

सोमवार, कार्तिक १३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर