![](https://sajhamanch.com/wp-content/uploads/2023/10/kp-oli-Sher-Bahadur-Deuba-and-antonio-guterres-e1698579276214.jpg)
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
बिहानदेखि भेटघाटमा रहेका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।
संसद भवन परिसरमा भएको भेटमा शान्ति प्रक्रिया लगायतका विषयमा कुराकानी भएको छ ।
शनिबार मध्यरातमा काठमाडौं आइपुगेका राष्ट्रसंघका महासचिव गुटेरेसले सुरुमा परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए ।
त्यसपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसँग भेटवार्ता गरेर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच झण्डै आधा घन्टा कुराकानी भएको थियो । त्यसपछि संसद भवन पुगेका गुटेरेसले सभामुख देवराज घिमिरेसँग पनि भेट गरे ।