२०८१ माघ ३०, बुधवार , ०५:५०:५७ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री साउद र माल्दिभ्सका राज्यमन्त्री खलिलबीच भेटवार्ता

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो ।

भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री खलिलले आइतबार नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि छुट्टै भेटवार्ता गरेका थिए ।