२०८२ असार २०, शुक्रवार , ०६:४०:५९ बजे

Sajhamanch
'

भारतीले पुनः शुरु गरिन् रिले अनसन

आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन्।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन्।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन्।

भारतीले आजबाट पुनः माईतीघर मण्डलामा रिले अनसन शुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।

आइतवार, कार्तिक १२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर