२०८२ असार २१, शनिवार , ०४:५०:१५ बजे

Sajhamanch
'

दुई महिनामा चीन र भारतबाट साढे ६ करोडको तास आयात

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ ।

सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ ।

भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।

सम्बन्धित खबर