२०८२ असार २२, आइतवार , १२:२०:४८ बजे

Sajhamanch
'

दुर्गा मूर्ति विसर्जनमा गएका दुईजनाको डुबेर मृत्यु, एक बेपत्ता

मङ्गलवार, कार्तिक ७, २०८०

भैरहवा । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुईजनाको डुबेर मृत्यु भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।

सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उनले बताए । बेपत्ता सन्तकुमारको खोजी भइरहेको उनले जानकारी दिए ।

कोटहीमाई गाउँपालिकास्थित दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रका दुर्गा मूर्तिहरू विसर्जन गरिँदै आएको छ ।

मङ्गलवार, कार्तिक ७, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर