झापा । बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी सामाजिक एवम् धार्मिक व्यक्तित्व गणेश पराजुली एवम् उनको परिवारको एकल लगानीमा कनकाई ४ कोटीहोममा निर्मित विन्ध्यावासिनी देवी मन्दिर पराजुली समाज नेपाल जिल्ला कार्यसमिति झापालाई हस्तान्तरण गरिएको छ ।
कर्णाली साकोसका सञ्चालक समितिका सदस्य एवम् व्यवसायी गणेश पराजुली स्वयम् पराजुली समाज नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष हुन् ।
बडादशैंको महानवमीको दिन आज उक्त मन्दिर हस्तान्तरण गरिएको हो । ब्यवसायी पराजुलीले आफ्ना हजुरबुवा हरिनारायण र हजुरआमा मोहनकुमारी पराजुलीको स्मृतिमा उक्त विन्ध्यावासिनी देवी मन्दिर निर्माण गरिएको बताएका छन् ।
ब्यवसायी पराजुलीका बुवाआमा लक्ष्मीप्रसाद र कमलादेवीको हातबाट उक्त मन्दिर पराजुली समाज नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।