२०८१ फागुन १६, शुक्रवार , १२:४६:५२ बजे

Sajhamanch
'

हङकङ माथि यूएई ६ विकेटले विजयी

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

उसको सुरुआत भने खराब थियो । पावर प्लेमा २५ रन जोड्दा तीन विकेट गुमाएको हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरे । बाबरल ६६ रन बनाउँदा एजाजले ४८ रन जोडे ।

सम्बन्धित खबर