२०८२ असार २२, आइतवार , ०५:४४:४९ बजे

Sajhamanch
'

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको छ।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ।

आइतवार, कार्तिक ५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर