२०८१ माघ ५, शनिवार , ०८:४५:१० बजे

Sajhamanch
'

शिवसताक्षीमा `परिवेशका सुसेली´ गजल कृतिको  परिचर्चा

शुक्रवार, कार्तिक ३, २०८०

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा गजलकार जानुका गुरागाईको `परिवेशका सुसेली´ गजल कृतिको   परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

विजयादशमी,शुभदीपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रम शिवसताक्षी नगरपालिका वडा-१नवनासो साहित्य प्रतिष्ठान धरमपुरको सभाहलमा सम्पन्न गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा गजलकार केशव आचार्यले स्रष्टा परिवर्तनको संवाहक भएकाले चुप लागेर बस्न नहुने बताए ।
कवि एवम् गजलकार जानुका गुरागाईबाट लिखित परिवेशका सुसेली संग्रहको केही समय अघि काठमाडौंमा विमोचन भैसकेको पुस्तक हो । नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षीले स्थानीय कवि एवम् गजलकार गुरागाईको कृति  पुस्तकमा समिटिएका गजलहरुप्रति परिचर्चा र गजल वाचन गरिएको थियो ।
विशेष गरि गजलको पहिलो पुस्तकमै समिटिएको गजल रसिलो, समय सान्दर्भिक रहेको, आउँदा पुस्तकहरु पनि क्रमश प्रकाशनको तयारीमा रहेको र स्थानीय तहमा यसरी आफ्नो कृतिप्रति चासो राखी उक्त मौका दिएकोमा प्रतिष्ठानलाई हौसला प्राप्त भएको भन्दै कवि गुरागाईले खुसी व्यक्त गरिन् ।
गजल कृतिको समीक्षात्मक चर्चा गजलकार मिलनकुमार ढुङ्गान र विवश बलिभद्र कोईरालाले गरेका थिए।
छोटो समयमा गजल लेख्न थालेर पनि जानुका गुरागाईले यत्ति शक्तिशाली बहर गजलहरुको संग्रह पाठक सामु ल्याउन सफल भएको समीक्षाले चर्चा गरे।
कार्यक्रममा परिवेशका सुसेली गजल कृतिबाट कृष्ण काश्यप, हरि पराजुली,सुनिता तामाङ,राजकुमार सुब्बा अनिश्चित,सानो दिल,रुद्र प्रभात,लक्ष्मी रिजाल लगायतले गजल गायन तथा वाचन गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि अर्जुनधारा नगरपालिका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मी,शिवसताक्षी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको उपस्थिति रहेको थियो ।साथै कार्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकाल ,भानु माध्यमिक विद्यालयका प्र.अ.डामकुमार कुँवर,कमला मदन-आश्रित माध्यमिक विद्यालयका प्र.अ. हिमप्रसाद दाहाल ,साहित्यकार अभागी थेगुवा,सेलिङ केसी,गीतकार टीका भट्टराई नेपाल , सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहाल,डिजी शर्मा ,तुलसी भट्टराई लगायतका साहित्य स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निहाङ किरातीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।
शुक्रवार, कार्तिक ३, २०८० | साहित्य

सम्बन्धित खबर