२०८१ साउन १२, शनिवार , ११:१५:१६ बजे

Sajhamanch
'

माओवादी केन्द्र भद्रपुरद्वारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

शुक्रवार, कार्तिक ३, २०८०

भद्रपुर । नेकपा (माओवादी केन्द्र) भद्रपुरले आज चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपालीहरुको महान चाड दशैं तथा आउँदै गरेको तिहार, गरुबाँसी, छठ, नेपाल सम्बत ११४४ को अवसरमा पार्टीले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले चाडपर्वको संस्कृति, वैज्ञानिक, धार्मिक महत्वका बारेमा चर्चा गरेका थिए । उनले सबै रुपान्तरणमा लागेर विकास र समृद्धि ल्याउनु पर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेलले धार्मिक संहिष्णुतासँगै राजनीतिक सहिष्णुता हुन जरुरी रहेकाले सबै पार्टीबीच सद्भाव हुनुपर्ने औंल्याए ।

कार्यक्रममा कांग्रेस भद्रपुर नगर सभापति राम कडेल, नेकपा एमालेका दीपक अग्रवाल, एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष पदम सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पार्टीका झापा क्षेत्र नं. ३ का क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), विभिन्न दलका प्रतिनिधि, पार्टी कार्यकर्ताको आतिथ्य एवम् उपस्थिति रहेको थियो ।

पार्टीका नगर अध्यक्ष शिवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी जिल्ला सदस्य सीतादेवी न्यौपानेले स्वागत गरेकी थिइन् भने सचिव हंसधर राजवंशीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर