२०८२ असार २२, आइतवार , १०:५०:४३ बजे

Sajhamanch
'

गाजामा नरसंहार रोक्न माग गर्दै इजरायली दूतावास अगाडी प्रदर्शन

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । इजरायलको गाजा क्षेत्रमा भएको नरसंहारको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ।

आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीसमेत सहभागी थिए।

शुक्रवार, कार्तिक ३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर