![](https://sajhamanch.com/wp-content/uploads/2023/10/Cpn-Uml-21688125603.jpg)
काठमाडौं । नेकपा (एमाले)का जिल्ला र पालिका तहका अधिवेशनहरू आउँदो माघ मसान्तभित्र सम्पन्न गर्ने गरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गरिने भएको छ ।
एमाले प्रदेश कमिटीका अधिवेशन सकिइसकेको छ । यो वर्ष अब जिल्ला, स्थानीय र वडा तहका कमिटी अधिवेशन गरिँदै छ ।
गएको असोज ३० गते बसेको केन्द्रीय संगठन विभागको बैठकबाट फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकबाट पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन समेत गरिएको छ ।
सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका बाहेक पार्टीका साढे पाँच लाख सदस्यको सदस्यता प्रमाणीकरण भएको एमाले प्रचार विभागले जनाएको छ ।