विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संघीय गणतन्त्र नेपालको संविधानमाथि चौतर्फी आक्रमण सुरु भएको बताएका छन् ।
बुधबार प्रदेशसभाको बैठकमा कार्कीले भने, प्रदेश संरचनाबारे धेरै खाले टिकाटिप्पणी आएको छ । दलका भ्रातृ संगठनका नेताहरूले समेत टिप्पणी गर्न थालेका छन् । यो संविधानबाट संघीयता भन्ने शब्द मात्र हटाउँदा संविधान स्वतस् खारेज हुन्छ ।
दश महिनाको अवधिमा पाँच पटक विश्वासको मत लिने काम भएको भन्दै कोसीमा दलहररूलाई सँगै मिलेर अघि बढ्न जनादेश प्राप्त भएको सुनाए ।
अहिलेको निर्वाचन प्रणालीले नै त्यस्तो अवस्था सिर्जना भएको जिकिर गरे । भने, कुनैपनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था छैन । अहिले बुढा दलको काम छैन भन्ने हल्ला चलाइएको छ तर हामी बेसुर भएका छौँ । संविधानको निर्माण सहमतिमा भएको भन्दै कार्कीले संविधानमा कमजोरी भए सच्याएर अघि बढ्न सकिने बताए ।
दलहरूबीच निषेध गर्दै अघि बढ्दा थप समस्या आउने भन्दै कार्कीले सरकार निर्माणमा संविधानका सबै उपधारा प्रयोग गर्दा यो अवस्था आएको जिकिर गरे ।
भने, मैले केन्द्रका नेताका ढोका ढक्ढक्याएँ तर समस्या समाधानमा चासो दिइएन । उपधारा ३ बमोजिमको सरकारलाई विश्वासको मत दिन आग्रह गरे तर भएन ।
सर्वसम्मतिको सरकार निर्माणको प्रयास गरेको सदन समक्ष जानकारी गराए ।