२०८१ फागुन १७, शनिवार , ०७:५९:५३ बजे

Sajhamanch
'

खेल जित्न नेपाललाई युएईले दियो १४१ रनको लक्ष्य

बुधवार, कार्तिक १, २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।

युएईका खेलाडी खालिद शाह शून्यमा आउट भएका थिए भने अलिशान शरफुले ६ रन, आसिफ खानले १५ रन, अलि नसिरले ३२ र मुहम्मद वसिमले १७ रन बनाए।

यसैगरी मुहम्मद फराझुद्दीन शून्यमा आउट भएका थिए। बसिल हम्मिदले ३८ बलमा ५१ रन बनाए भने संचित शर्मा २ र नीलंश केसवानी ले ४ रन बनाएका छन्।

नेपालका तर्फबाट गुल्शन झाले २, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिएका छन्।

अविनाश बोहराले सातौं तर महत्वपूर्ण विकेट लिएका छन्। उनले ३८ बलमा ५१ रन बनाएका बसिल हम्मिदलाई आउट गरेका हुन।

सम्बन्धित खबर