
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोटको दोस्रो लेगमा नेपालले लाओससँग खेलिरहेको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भएपनि फिनिसिङ हुन सकेन ।
नेपालका उत्सव राईले अन्जन विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो । यस्तै लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले बचाएका थिए भने चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।
नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले दोस्रो लेगमा विजयी हुने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
दो स्रो लेगको निर्धारित समयमको खेल पनि बराबरी सकिएमा त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिनेछ र त्यसमा पनि नतिजा नआएमका पेनाल्टीसुटआउट हुनेछ ।