२०८२ असार २३, सोमवार , ०१:३२:०२ बजे

Sajhamanch
'

गोरखामा भारी हिमपातपछि तीनजनाको हेलिकोप्टरमा उद्धार

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । गोरखाको साम्दो क्षेत्रमा हिमपात परेपछि अलपत्र र बिरामी परेका तीन जनाको हेलिकोप्टरमा उद्धार गरिएको हो । तीनजनामध्ये एकजना बिरामी रहेको र थप दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

बसन्त घिमिरे, कपिल घिमिरे र सुवोध अर्याललाई उद्धार गरेर ल्याइएको गोरखाका सांसद राजेन्द्र बजगाइँले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका साम्दोबाट उनीहरुलाई उद्धार गरिएको थियो । उक्त क्षेत्र निषेधित क्षेत्रमा पर्ने हुनाले प्रशासनको अनुमतिमा उद्धार गरिएको थियो ।

मङ्गलवार, असोज ३०, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर