२०८२ जेठ ४, शनिवार , ०२:२५:०३ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या ४० हजार नाघ्यो, काठमाडौंका १४ सय बढी संक्रमित

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता अक्टोबर १६ सम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १५ दिनमा मात्र ६ हजार ४६९ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

ईडीसीडीका अनुसार सबैभन्दा पछिल्लो महिना गण्डकी प्रदेशका तनहुँ र कास्कीमा संक्रमण तीव्र बनिरहेको छ । गण्डकी प्रदेशमा हालसम्म आठ हजार ६०७ जना संक्रमित भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ४२१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर