२०८१ माघ १४, सोमवार , १०:४८:२७ बजे

Sajhamanch
'

एनएमसी कर्पाेरेट कार्यालयको ३१औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

मङ्गलवार, असोज ३०, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश

मितिः २०८०।६।३०

संस्थाको सञ्चालक समितिको मिति २०८० असोज २९ गते सम्पन्न पाँचौँ बैठकको निर्णयअनुसार संस्थाको ३१औँ वार्षिक साधारण सभा तपसिल अनुसारको तालिका बमोजिम एकाइगत तथा उपएकाइगत आधारमा साथै माइन्युट प्रमाणित सभासमेत सम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

१. साधारण सभा प्रयोजनका लागि संस्थाका सम्पूर्ण सदस्यहरूलाई क्षेत्रगत आधारमा ७ वटा एकाइमा विभाजन गरिएको छ ।
२. साधारण सभा प्रयोजनका लागि प्रत्येक क्षेत्र अन्तर्गत पर्ने बचत तथा ऋण सेवा केन्द्रहरूलाई सम्बन्धित क्षेत्रको उपएकाइ कायम गरिएको छ ।
३. निर्धारण गरिएका प्रत्येक क्षेत्र अन्तर्गतका उपएकाइहरूमा समान कार्यसूचीका आधारमा छलफल तथा निर्णय गरिनेछ ।
४. वि.सं. २०८० असार मसान्तसम्म संस्थामा सदस्य बनिसकेका सदस्यहरुलाई मात्र साधारण सभामा सहभागी गराइनेछ ।
५. प्रत्येक उपएकाइगत साधारण सभामा संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको सहभागिता रहनेछ ।
६. साधारण सभाका लागि तयार गरिएको प्रतिवेदन २०८० कात्तिक २२ गते बुधबार सार्वजनिक गरिनेछ र सोही मितिबाट सदस्यहरूलाई वितरण प्रारम्भ गरिनेछ । साथै सोही मितिमा संस्थाको वेबसाइट र फेसबुक पेजमा अपलोड गरिनेछ । सदस्यहरूलाई गरिएको साधारण सभा सम्बन्धी पत्राचारमा उल्लिखित क्यूआर कोडबाट लिंक स्क्यान गरेर पनि प्रतिवेदन अध्ययन गर्न सकिनेछ ।
७. प्रतिवेदन संस्था अन्तर्गतका सम्पूर्ण बचत तथा ऋण सेवा केन्द्रहरूबाट कार्यालय समयमा प्राप्त गर्न सकिनेछ ।
८. संस्थाको तर्फबाट सार्वजनिक वा वितरित प्रतिवेदनमा उल्लिखित कुनै विषयमा आफ्ना सुझावहरू पेस गर्नुपर्ने भए सदस्यहरूले मिति २०८० मंसिर १ गते शुुक्रबार कार्यालय समयसम्ममा आफ्ना सुझाव, जिज्ञासा तथा टिप्पणीहरू लिखित रूपमा नजिकैको एनएमसी बचत तथा ऋण सेवाकेन्द्रमा बुझाउन सकिनेछ ।
९. सुझाव पेस गर्दा सम्बन्धित सेवाकेन्द्र वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल समेत गर्न सकिनेछ ।
१०. प्रत्येक क्षेत्रगत एकाइ अन्तर्गतका उपएकाइहरूमा तपसिलमा उल्लेख भएबमोजिम दिउँसो ११ देखि ३ बजेसम्म साधारण सभाको आयोजना गरिनेछ ।

११. उपएकाइगत साधारण सभाको स्थान सम्बन्धित सेवाकेन्द्रगत उपसमितिले निर्धारण गरेबमोजिम हुनेछ ।
१२. उपएकाइगत साधारण सभाबाट माइन्युट प्रमाणितका लागि छानिएका ३/३ जना प्रतिनिधिका बिचमा २०८० मंसिर १६ गते शनिबार बिर्तामोडमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म माइन्युट प्रमाणित सभाको आयोजना गरिनेछ ।
१३. उपएकाइगत रूपमा आयोजना हुने साधारण सभामा सहभागिताका लागि प्रत्येक उपएकाइका सदस्यहरूलाई पत्राचार गरिनेछ । कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानी आ–आफ्नो उपएकाइको साधारण सभामा सहभागिताका लागि सदस्य महानुभावहरूमा अनुरोध गरिन्छ ।
१४. माइन्युट प्रमाणित साधारण सभाको विद्युतीय माध्यम (टेलिभिजन/एफएम/सामाजिक सञ्जाल) मार्फत् प्रत्यक्ष प्रशारण गरिनेछ ।

– कर्पाेरेट कार्यालय

सम्बन्धित खबर