![](https://sajhamanch.com/wp-content/uploads/2023/10/NMB-Kerkha-branch.jpg)
कमल । एनएमबी बैक केर्खा शाखाले असोज २९ गतेदेखि नयाँ कार्यालयबाट आफ्नो कारोबार सुरु गरेको छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र बैकका एरिया म्यानेजर नरेन्द्र सुबेदीले सयुक्तरुपमा रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।
सो अवसरमा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष राईले बैंकले ग्रामिण क्षेत्रमा रहेर सेवा पुर्याएकोमा आभारव्यक्त गर्दै गाउँपालिकासँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरणमा समेत बैंकको सहयोग रहेको बताए ।
नेपालका उत्कृष्ट बैंकहरुमध्ये ५औं नम्बरमा रहेको दावी गरिएको सो बैकले देशभर २०१ वटा शाखाबाट कारोवार गरिरहेको सो अवसरमा जनाइएको थियो । कार्यक्रममा मन्तब्य राख्दै बैंकका एरिया म्यानेजर सुबेदीले बैंकलाई यो स्थानसम्म पुर्याउन ग्राहकको ठूलो साथ र सहयोग रहेको बताए ।
नयाँ कार्यालय उद्घाटन कार्यक्रमको सहजीकरण बैंकका केर्खा शाखा प्रबन्धक चित्र न्यौपानेले गरेका थिए ।