२०८१ पौष २४, बुधवार , १०:३९:३९ बजे

Sajhamanch
'

खाद्यले खसीबोका र च्यांग्रा आजदेखि बिक्री गर्दै

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले सोमबारसम्म खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आएको र मंगलबार (आज)देखि बिक्री गरिने जानकारी दिइन् ।

“दसैँका लागि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालयमा आएका छन् । मंगलबारदेखि बिक्री गरिनेछ,” उनले बाह्रखरीसँग भनिन्, “खरिद गरिएका सबै खसीबोका र च्यांग्रा ल्याउने क्रम जारी छ । उताबाट आउने क्रम जारी रहन्छ । बिक्री पनि मंगलबारबाट नै हुन्छ ।”

यसैबीच, लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ । च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ ।

यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको छ । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ ।यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर