२०८२ असार २३, सोमवार , ०९:०८:४२ बजे

Sajhamanch
'

गैरआवासीय नेपाली नागरिकता वितरण गर्दै प्रधानमन्त्री

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने भएका छन् । बिहान ८ बजेबाट उक्त कार्यक्रम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“हिजो साँझको खराब मौसमका कारण धनगढीवाट काठमाडौं आउने प्लेन उड्न नसकेकाले प्रधानमन्त्री आज बिहान धनगढीबाट काठमाडौं आएपछि उक्त कार्यक्रम सुरु हुनेछ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

नयाँ कानुनअनुसार गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि नागरिकता वितरण गरेर प्रधानमन्त्रीले उक्त कार्यक्रम सुरुआत गर्न लागेका हुन् ।

मङ्गलवार, असोज ३०, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर