२०८१ माघ १६, बुधवार , ०४:००:३९ बजे

Sajhamanch
'

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

सोमवार, असोज २९, २०८०

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेका छन्। सोमबार बैठक सुरु हुन साथ एमालेका सांसदहरूले उभिएर विरोध जनाएका थिए।

उनीहरुलाई सभामुख रामचन्द्र मण्डलले बस्न आग्रह गर्दा समेत नमानेपछि बैठक दश मिनेटको लागि स्थगित गरिएको छ। एमालेका सांसदहरू सरकार पक्षबाट जवाफ नआएसम्म बैठक चल्न नदिने अडानमा छन्।

प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहबरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेका कारण आफूहरूले बैठक अवरुद्ध गर्नुपरेको एमाले संसदीय दलका उपनेता सांसद दिपेन्द्र ठाकुरले जनाए। उनले मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने बताएका छन्।

‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो। १५ दिनको समय माग गरिएको थियो। तर महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडी बढाउनु भएको छ। त्यसैले हामीलाई जवाफ चाहियो।’ उनले भने।

सम्बन्धित खबर