२०८१ फागुन १६, शुक्रवार , ०१:२०:३८ बजे

Sajhamanch
'

त्रिकोणात्मक टी-२० शृंखला खेल्ने टोलीको घोषणा

सोमवार, असोज २९, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङ र यूएई सम्मिलित त्रिकोणत्मक शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा ललित राजवंशीले पुनरागमन गरेका छन् । १९ औं एसिया गेम्सको अभ्यासका क्रममा घाइते भएका बायाँ हाते स्पिनर ललित राजवंशीको दाहिने कलर बोनको असोज ४ गते शल्यक्रिया भएको थियो । उनी ४ हप्ताको आरामपछि टिममा फर्किएएका हुन् ।

यस्तै लोकेश बम र सूर्य तामाङले पनि टिममा पुनरागमन गरेका छन् ।

प्रतियोगिता सुरु हुुनुअघि नै स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत कारण देखाउँदै टिमबाट आफ्नो नाम फिर्ता लिएका थिए । त्यसैले उनी टोलीमा छैनन् ।

नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

कात्तिक ४ गते फूलपातीका दिन नेपाल हङकङबीचको दोस्रो खेल हुनेछ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुनेछ । फाइनल खेल भने १० गते हुनेछ ।

आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक टी९२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ ।

सम्बन्धित खबर