
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला कात्तिक १ गतेदेखि सुरु हुने छ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने छ ।
आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्ने छन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।
कात्तिक १३ गतेदेखि काठमाडौं मै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले यो सिरिज गर्न लागेको हो ।
नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुने छ ।
कात्तिक ४ गते फुलपातीका दिन दिन नेपाल हङकङबीचको दोस्रो खेल हुने छ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुने छ । फाइनल खेल भने १० गते हुने छ ।