२०८१ कार्तिक २९, बिहिवार , ११:५३:०७ बजे

Sajhamanch
'

बिना धितो ऋण नदिँदा लक्ष्मी बहुउद्देश्यीय सुरक्षित !

आइतवार, असोज २८, २०८०

बिर्तामोड । झापाको पुरानो सहकारी संस्था मध्येको एक बिर्तामोड–४ स्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २७औ वार्षिक साधारणसभा असोज २७ गते सम्पन्न गरिएको छ ।

साधारणसभा समारोहमा संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थामा ४ हजार २५२ जना शेयर सदस्य रहेको जानकारी गराएका थिए ।

सो मितिमा संस्थाको शेयर पुँजी ३ करोड २६ लाख ११ हजार १०० रुपैयाँ, निक्षेप ३० करोड २८ लाख ३० हजार ९४३ रुपैयाँ र सदस्यमाझ ३२ करोड ८५ लाख ९७ हजार ६०६ रुपैयाँ कर्जा लगानी गरिएको उनले सुनाए ।

समीक्षा वर्षमा संस्थाको कूल आम्दानी ५ करोड १३ लाख ४१ हजार २१३ रुपैयाँ र कूल खर्च ४ करोड २ लाख ८३ हजार ३२३ रुपैयाँ भई कर अघिको नाफा १ करोड १० लाख ५७ हजार ८९० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ताहरु बेदनिधि भट्टराई, शान्ता ओझा, चन्द्रकला पौडेल, विनय अग्रवाल, मिलन शाक्य, गोपाल आइच र इन्दिरा घिमिरेलाई नगदसहित सम्मान गरिएको छ ।

यस्तै, उत्कृष्ट ऋणीतर्फ मधुराम राजवंशी, पार्वतीरमण खतिवडा, पुनम सुनुवार, शान्ता वुढाथोकी र मञ्जु मेचेलाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ ।

संस्थाले यो वर्ष प्रेमकुमारी नेपाल र गीता राजवंशीलाई उत्कृष्ट कर्मचारीका रुपमा नगदसहित सम्मान गरेको छ ।

साधारणसभा समारोह बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आफ्नो मन्तब्यमा सहकारी अधिकृत दाहालले भने, यतिबेला कतिपय सहकारी संस्थाहरु कर्जा लगानीमा ध्यान पुर्याउन नसक्दा समस्यामा परेका छन् ।

आफ्नो टेवलमा यस्ता समस्या लिएर आउनेहरुको संख्या बढिरहेको बताउँदै सहकारी अधिकृत दाहालले तर बिना धितो कर्जा लगानी नगरेर लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था अहिलेसम्म सुरक्षित रहेको सुनाएका थिए ।

संस्थाका उपाध्यक्ष भगिरथ पोद्धारले शाब्दिक स्वागत गरेको सो साधारणसभा समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक रोशन दाहालले लेखा समितिको प्रतिवेदन बाचन गरेका थिए ।

संस्थाका सचिव सन्देश मल्लले सञ्चालन गरेको साधारणसभा समारोहमा संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाल, झापा जिल्ला सहकारी संघका सदस्य केशव बस्नेत, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका प्रतिनिधि धर्मेन्द्र राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर