दमक । सामाजिक कार्यमा सक्रिय संस्था क्लव हिमालयन टाइगर केन्द्रीय समितिको अध्यक्षमा पुनः रेवतचन्द्र भण्डारी चुनिएका छन् ।
क्लवको शनिवार सम्पन्न चौथो साधारणसभाले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा तेजकुमार श्रेष्ठ, उपाध्यक्षमा कुमारबाबु गजुरेल र महिला उपाध्यक्षमा सरिता न्यौपाने चुनिएका छन् ।
यस्तै, महासचिवमा राजु खड्का, सचिवमा तुलसीराम तिम्सिना, महिला सचिवमा जानुका पौडेल, कोषाध्यक्षमा सरोज बाँस्कोटा र सहकोषाध्यक्षमा हिमाल गुरुङ चुनिएका छन् ।
यसैगरी क्लवका सदस्यहरुमा राजकुमार दाहाल, राजन गजमेर, टेकेन्द्र कार्की, सुष्मा निरौला, सुजन आचार्य, पदमबहादुर राउत, हरि तिवारी, भुवन ढकाल, योगमाया बुढाथोकी र युवराज अधिकारी चुनिएका छन् । कार्यसमितिको पदावधि दुई वर्ष रहेको छ ।
क्लवको चुनावी साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्न पत्रकारहरु बिष्णु सुब्बा संयोजक तथा अनिलदेव राई र विष्णु पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ नेतृत्व सर्वसम्मत भएपछि समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक सुब्बाले सपथग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
साधारणसभामा अध्यक्ष भण्डारीले प्रस्तुत गरेको क्लवको सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।