काठमाण्डौ । बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ । तर हरेक वर्षजस्तै यसपालि पनि सहज रुपमा टिकट पाउन नसकेको यात्रुको गुनासो छ ।