२०८१ फागुन १५, बिहिवार , ०७:२०:१८ बजे

Sajhamanch
'

नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।

दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो ।

नेपालले दोस्रो खेल असोज ३० गते लाओसको घरेलु मैदानमा उसैसँग खेल्नेछ । यो खेल जितेमा नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।