
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।
सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’
यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।
उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’।’