२०८१ माघ १६, बुधवार , १०:४७:०७ बजे

Sajhamanch
'

कोशी प्रदेशमा कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

शुक्रवार, असोज २६, २०८०

विराटनगर। नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी र गठबन्धनको निर्णयविपरीत कोइराला पक्षले गरेको विद्रोह बारेमा छलफल र निर्णय हुने नेपाली कांग्रेस नेता भूपेन्द्र राईले बताए ।

नेकपा एमालेसँग मिलेर कांग्रेसका २९ सांसद मध्ये ८ जनाले विद्रोह गरेका छन् । र, उनीहरुका तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका छन् ।

गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।

दलका सांसदले गरेको विद्रोहका बारेमा कार्यसम्पादन समितिले निर्णय गर्ने नेता राईले बताए ।

सम्बन्धित खबर