
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत छन् ।
राष्ट्रपति पौडेलले बिहीबार उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जानकारी गराएको छ ।