२०८२ असार २२, आइतवार , ०९:३५:५० बजे

Sajhamanch
'

युवकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई जन्मकैद

बुधवार, असोज २४, २०८०

इलाम । जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ।

एक वर्षअघि इलामको चुलाचुलीस्थित बुकुवा पुलमा युवकको हत्या गर्ने दुई जनालाई जन्मकैद अदालतले सजाय सुनाएको हो। चुलाचुलीका एलबी भनिने लालबहादुर गुरुङको हत्यामा दोषी ठहर गर्दै अरू सात जनालाई एक वर्ष कैद सजाय सुनाइएको छ भने एक जनाले सफाइ पाएका छन्।

जिल्ला अदालतका न्यायाधीश दीपकुमार दाहालको इजलाशले घटनामा संलग्न झ्याम्ले भनिने नरेशकुमार याख्खा र दिलबरे भनिने मनिराम लिम्बूलाई २५/२५ वर्ष कैद फैसला गरेको हो।

फैसलाअुनसार उनीहरूले दुई लाख रुपैयाँ मृतकका हकवालालाई क्षतिपूर्ति दिनुपर्नेछ भने पीडितको मोटरसाइकलको क्षतिपूर्ति १२ हजार पाँच सय रुपैयाँ दिनुपर्नेछ। र, पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ।

एकरएक वर्ष कैद फैसला सुनाइएकामा पर्शुराम राई, नरेन्द्र दर्जी, विक्रम नेपाली, रोहित इङ्नाम लिम्बू, अनिश लावती, सेसेहाङ याख्खा र चन्द्रकुमार यवा छन्। फैसलाअनुसार उनीहरूले पीडित राहत कोषमा जनही दुई सय रुपैयाँ जम्मा गर्नुपर्ने छ। घटनामा संलग्न भनिएका समील राईले सफाइ पाएका छन्।

२०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। लालबहादुरले धाकधम्की दिँदै निहुँ खोजेपछि अरू युवाले ढुंगा र खुकुरीको झटारो हानेका थिए। त्यसपछि ती युवाले लालबहादुरलाई पातामा खुकुरी प्रहार गरेपछि गहिरो चोट लागेको थियो। गम्भीर घाइते लालबहादुरको झापा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा मृत्यु भएको थियो।

सम्बन्धित खबर