२०८१ फागुन १४, बुधवार , ०५:२०:३९ बजे

Sajhamanch
'

एसियाडबाट फर्किए नेपाली खेलाडी

मङ्गलवार, असोज २३, २०८०

काठमाडौंं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।

एक रजक र एक कास्यपदक जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद र खेलाडीका आफन्तजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनीहरुले खेलाडीलाई खादा र फूलले स्वागत गरेका थिए ।
नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजी समूहमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् ।

रजत विजेता, कांस्य विजेता खेलाडीको टोलीसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन् ।