२०८२ असार २२, आइतवार , ०४:४२:४७ बजे

Sajhamanch
'

हिमपहिरोमा परि २ को मृत्यु, कीर्तिमानी गाइड तेन्जेन बेपत्ता

सोमवार, असोज २२, २०८०

काठमाडौँ । शिसापाङमा हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब ११ बजे आरोही गाइड मिङ्मार शेर्पा र अमेरिकन नागरिक अन्ना गुटको तिब्बतस्थित शिसापाङमाको हिमपहिरोमा परी मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार कीर्तिमानी आरोही गाइड तेन्जेन शेर्पा बेपत्ता भएका छन्। गाइड शेर्पा र अमेरिकी नागरिक गिना म्यारी दिउँसो १ बजे हिम पहिरोमा परी बेपत्ता भएको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयको अनुसार अर्का कीर्तिमानी आरोही कामी रिता शेर्पा, कर्मा ग्याल्जेन शेर्पा र मित्र बहादुर तामाङ पनि हिमपहिरोमा परि गम्भीर घाइते भएका छन्।

मन्त्रालयले हराइरहेका र घाइते आरोही गाइड तथा शेर्पाहरूको खोज तथा उद्धारको लागि आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार गरिरहेको जनाएको छ।

उनीहरु सबै असोज २० गते तिब्बतमा रहेको १४ औं अग्लो शिसापाङमा हिमाल आरोहण गर्ने क्रममा दुर्घटनामा परेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर