२०८१ फागुन १५, बिहिवार , ०३:५३:५२ बजे

Sajhamanch
'

इजरायलबाट शव ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय

सोमवार, असोज २२, २०८०

काठमाडौं । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आइतबार मन्त्रालयमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

यथाशीघ्र शव ल्याउन इजरायली पक्षसँग समन्वय गर्ने र त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार एक्कासि इजरायलमाथि आक्रमण गरेपछि दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते छन् ।

सम्बन्धित खबर