२०८२ असार २२, आइतवार , १२:२१:०० बजे

Sajhamanch
'

डिजेल व्यवसाय अझ बढाउने लक्ष्य :बोस

सोमवार, असोज २२, २०८०

काठमाडौँ । नेपाल प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको छ। प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोसले बजारमा लगानी जारी राख्दै अब्बल डिजेल सर्भिस दिने जनाएको छ।

डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने बोस समूहका अध्यक्ष तथा बोस लिमिटेडका प्रबन्ध निर्देशक गुरूप्रसाद मुद्लापुरले बताए। उच्च गुणस्तरीय कार्यसम्पादन मार्फतसँगै अघि बढ्ने प्रतिबद्धता रहेको उनले बताए।

बोसले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरूको विस्तृत शृङ्खला प्रदान गर्दै आएको छ। बोसले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोस डिजेल सर्भिस ९बिडिएस० साझेदारहरूको भेला आयोजना गरेको छ।

भेलामा बोसका मुख्य अटोमोटिभ वितरकहरू, नेपालमा यसका बिडिएस साझेदाहरू र प्रमुख अटो ओइएमसहित करिब ६५ जना सहभागी थिए। अटोमोटिभ सेग्मेन्टमा बोस तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा बिस्तार भइसकेको बोस नेपालका कन्ट्री हेड सन्दिप कामतले बताए।

मोबिलिटीबाहेक बोसले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ। द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो। सन् २०२२ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख २१ हजार जनालाई रोजगारी दिएको छ।

सम्बन्धित खबर