
काठमाडौं । यती एयरलाइन्सको विमानमार्फत भारतीय पर्यटकले शनिबार माउन्टेन फ्लाइट गरेका छन् ।
एकैपटक दुई एटीआर ७२ विमान चार्टर्ड गरेर भारतीय पर्यटकले माउन्टेन फ्लाइट गरेका हुन् ।
काठमाडौंको हायात होटेलमा तीनदिने कर्पोरेट कन्फ्रेन्समा आएका एकप्स सिस्टम इन्डियाका संस्थापकसहित ८० कर्मचारीले माउन्टेन फ्लाइट गरेका हुन् ।
यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने सस्तोटिकट्स डटकमका एकाउन्ट म्यानेजर मनिस महर्जनले बताए ।