२०८१ फागुन १४, बुधवार , ०३:१२:४७ बजे

Sajhamanch
'

हिमपहिरोमा परी दुईजनाको मृत्यु, दुई बेपत्ता

आइतवार, असोज २१, २०८०

काठमाडौं । तिब्बतस्थित शिशापाङ हिमालमा हिमपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ ।

शनिबार गएको हिमपहिरोमा परी अमेरिकी आरोही अन्ना गुटु र उनका गाइड मिङमार शेर्पाको मृत्यु भएको नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

उनका अनुसार हिमपहिरोमा परी अमेरिकी आरोही जिना मारिया र नेपाली तेन्जिङ शेर्पा बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको अध्यक्ष शेपाले बताए ।

हिमपहिरोमा परी आरोही कामिरिता शेर्पा, कर्मा ग्याल्जेन शेर्पा र मित्रबहादुर तामाङ घाइते भएका छन् । उनीहरूको उद्धारका निम्ति काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीसँग छलफल गरिरहेको शेर्पाले बताए । अनुमति पाएमा नेपालबाटै हेलिकोप्टर पठाइने शेर्पाको भनाइ छ ।

सम्बन्धित खबर